Kathmandu Press

लक्ष्यअनुसारको राजस्व संकलन नहुने देखिएपछि अनुमान संशोधत : राजस्व सचिव

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले राष्ट्रिय अन्तराष्ट्रिय परिवेशका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएको र त्यसको प्रभाव राजस्वमा पनि देखिएको जानकारी दिए।
लक्ष्यअनुसारको राजस्व संकलन नहुने देखिएपछि अनुमान संशोधत : राजस्व सचिव

काठमाडाैं, फागुन ३ : अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलन नहुने देखिएपछि अर्धवार्षिक समीक्षामार्फत राजस्वको अनुमान संशोधित गरिएको जनाएको छ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले राष्ट्रिय अन्तराष्ट्रिय परिवेशका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएको र त्यसको प्रभाव राजस्वमा पनि देखिएको जानकारी दिए।

Hardik ivf

चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेकोमा मध्यावधि समीक्षामा राजस्व १२ खर्ब दुई अर्ब मात्रै उठ्ने आँकलन गरिएको उनले बताए। पछिल्लो समय मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै राजस्वमा भने त्यसको तुरुन्त असर नपर्ने उनले बताए।

बैठकमा समिति सदस्यहरुले राजस्व सङ्कलनलाई वैज्ञानिक र समयसापेक्ष बनाइनुपर्ने, कर छली नियन्त्रण गर्नुपर्ने सुझाव दिएका थिए। समिति सदस्य विष्णु पौडेलले राजस्व संकलनमा हात उठाएको अवस्था रहेको बताए।

अहिलेको अवस्थामा सरकारको राजस्वको लक्ष्य पुरा हुन नसक्ने उनले बताए।  त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले एकै बर्षमा अर्थतन्त्रमा देखिएको समस्या समाधान नहुने भएपनि सरकारले सकारत्मक प्रयास गर्नुपर्ने बताए।

त्यस्तै समिति सदस्य ज्ञान बहादुर शाहीले कर प्रणालीलाई डिजिटल गर्नुपर्ने, बिलको न्यून मूल्याङ्कनलाई रोक्नुपर्नेमा जोड दिए। समितिले बजेट घटाउनुपर्ने कारण, राजस्व संकलनको कार्ययोजना लगाएतका बिषयमा अर्थमन्त्रीसंग छलफल गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्