Kathmandu Press

सिटौलाको महाधिवेशन लक्षित गुट भेला

काठमाडौं, चैत ३ः नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सोमबार गुटको भेला आयोजना गरेका छन्। सिटौलाले १४ औं महाधिवेशन लक्षित भेलाको आयोजना गरेका हुन्। ब....

सिटौलाको महाधिवेशन लक्षित गुट भेला

काठमाडौं, चैत ३ः नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सोमबार गुटको भेला आयोजना गरेका छन्। सिटौलाले १४ औं महाधिवेशन लक्षित भेलाको आयोजना गरेका हुन्। बत्तिसपुतलीमा आयोजित भेलामा सिटौलाले आफ्नो समूह कमजोर नबनेको संकेत दिएका छन्। 

भेलामा केन्द्रीय सदस्यहरु गगन थापा, प्रदीप पौडेल, शिव गुमगाईँ लगायतका नेताहरु सहभागी थिए। सिटौला समूहका नेताहरु पछिल्लो समय संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा गएको विश्लेषण भइरहेको थियो। तर, सिटौलाले सबै नेतालाई एउटै मञ्चमा बोलाएर आफ्नो गुट कमजोर नबनेको संकेत थिएका छन्। भेलामा सहभागीग नेताहरुले सिटौला कै नेतृत्वमा बलियोरुपमा प्रस्तुत हुने बताएका छन्।

१३औं महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए। पछि उनले सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए। सिटौला समूहबाट गगन थापा महामन्त्रीको उम्मेदवार थिए। उनी शशांक कोइरालासँग पराजित भएका थिए। ०७७ फागुनमा हुने चौधौं महाधिवेशनको मिति तय भइसकेका बेला सिटौलाले राण्नीतिकरुपमा भेलाको आयोजना गरेका हुन्।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्