Kathmandu Press

पानामा तटमा आप्रवासी बोकेको डुंगा पल्टिँदा चारको मृत्यु, सात बेपत्ता

मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेकोे पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन्।
पानामा तटमा आप्रवासी बोकेको डुंगा पल्टिँदा चारको मृत्यु, सात बेपत्ता
Hardik ivfHardik ivf

पानामा सिटी, फागुन ३ : खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन्।

मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेकोे पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन्।

कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो समुदाय नजिकै पल्टिएको थियो।
अध्यागमन अधिकारीसँगको समन्वयमा शवहरूको व्यवस्थापन तथा जिवित मानिसहरूको उद्धार गर्ने कार्य जारी रहेको छ।  
प्रत्येक वर्ष हजारौं आप्रवासी कामको खोजीमा पानामामा प्रवेश गर्ने प्रयास गर्छन्।

विशाल वन क्षेत्र तथा र दलदलबाट ६० माइल वरपर फैलिएको, डेरियनलाई  विश्वको सबैभन्दा खतरनाक बसाईसराइँ मार्गहरूमध्ये एक मानिन्छ।  सेनाका अनुसार डेरियन पदमार्ग नभई घना जङ्गल हो। 

सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ। 

सन्  २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए। यसैगरी सन् २००९ देखि २०२२  सम्म यही मार्गबाट आएका  पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्