मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति आवश्यक : सभामुख
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरु बीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन्।
काठमाडाैं, फागुन ३ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरु बीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन्।
उहाले केहिको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरु र नागरिकहरु एकतावद्ध हुनुपर्ने बताए।
सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिँउदे अधिवेशनलाई बिगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने धारणा राखे।
उहाले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरु ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरे।
प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
