Kathmandu Press

महिलाको शव निर्वस्त्र अवस्थामा फेला

केही दिनअघि सोलुदूधकुण्ड नगरपालिका–८ केरुङखोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
महिलाको शव निर्वस्त्र अवस्थामा फेला

सोलुखुम्बु, फागुन ३ : सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ। प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो। 

'मंगलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो,' उनले भने, 'मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।' 

Hardik ivf

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

केही दिनअघि सोलुदूधकुण्ड नगरपालिका–८ केरुङखोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सो खबरलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो। 

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्