Kathmandu Press

चिसोको प्रवाह नगरी चलचित्र छायांकन

विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन।
चिसोको प्रवाह नगरी चलचित्र छायांकन

काठमाडौं, फागुन १ : अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मक रूपमा कम चलचित्र छायांकन हुने गरेको पाइन्छ। विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन। किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ। 

यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा केही कलाकार चलचित्र छायाङ्कनमा व्यस्त छन्। मनाङबाट चलचित्र ‘खुस्मा’को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन भइसकेको छ। हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको जानकारी दिँदै निर्देशक अशोक थापामगरले बाँकी दृश्य चाँडै खिचिने बताए। 

Hardik ivf

चलचित्रमा अभिनेता धीरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन, खड्गबहादुर पुन तथा अरुण मगरलगायतका कलाकारले अभिनय गरिरहेका छन्। यस्तै जेठमा प्रदर्शन गर्ने तयारीअनुरुप चलचित्र ‘पुजार सार्की’काे छायांकन कास्कीको कास्कीकोटबाट सुरु गरिएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षको कथा रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरिरहनुभएको छ। 

'जाडोकै महिना भए पनि हाम्रो छायाङ्कनस्थल र कलाकारको समयका कारण यही समय उपयुक्त मानिएको हो, पहिला पनि मैले जाडोको समयमा चलचित्रको काम गरेको छु, चिसोको प्रभाव नपर्ने होइन, तर हाम्रा लागि अनुकूल समय यही हो,' निर्देशक राउतले भने। 

विकास सुवेदीको लेखन रहेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायतका कलाकारले अभिनय गरिरहनुभएको छ। चलचित्रलाई राजेश श्रेष्ठले छायाङ्कन गरिरहेका छन्। 

यस्तै चलचित्र ‘फर्कीफर्की’ को छायाङ्कन पोखरापछि काठमाडौंमा भइरहेको छ। बाँकी दृश्य अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा खिच्ने तयारीमा निर्माण पक्ष छ। रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरेलगायतका कलाकारले अभिनय गरिरहेका छन्। 

उल्लिखित चलचित्र प्रदर्शन मिति तय गरिनुका साथै कलाकारले उपलब्ध गराएको समयको कारण पनि चिसो समयमा छायांकनरत छन्। केही चलचित्रका बाँकी छिटफुट छायाङ्कन पनि भइरहेका छन्। प्रदर्शन मिति तय हुँदा समयमै काम सकाउनु पर्ने दबाब निर्माण पक्षलाई हुने गर्छ।  

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
चर्चित गीतकार एलपी जोशीको निधन
चर्चित गीतकार एलपी जोशीको निधन