Kathmandu Press

लक्ष्यअनुरुप राजश्व संकलन भएन 

चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
लक्ष्यअनुरुप राजश्व संकलन भएन 

काठमाडौं, फागुन १ : सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को सात महिनामा लक्ष अनुसारको राजश्व संकलन गर्न असफल भएको छ। 

चालु आवमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड राजश्व उठाउने लक्ष्य राखेको छ। तर सात महिनाको अवधिमा ३९.८९ प्रतिशत अर्थात पाँच खर्ब ६४ अर्ब १० करोड रूपैयाँ मात्र राजस्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।

Hardik ivf

गैरकर राजस्वतर्फ एक खर्ब १७ अर्ब रूपैयाँ संकलन गर्ने सरकारको लक्ष्य थियो। गैर कर राजस्वमध्ये ४८.६१ प्रतिशत अर्थात् एक खर्ब १७ अर्ब ६ करोड रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ। सात महिनामा कुल लक्ष्यको ४०.१७ प्रतिशत अर्थात् ६ खर्ब ७९ अर्ब ३८ करोड रूपैयाँ खर्च भएको छ। चालु आवमा सरकारले तीन खर्ब २ अर्ब ७ करोड पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ। 

चालु खर्चतर्फ ५ खर्ब तीन अर्ब ५९ करोड अर्थात ४४.५८ प्रतिशत खर्च गरेको छ। वित्तीय व्यवस्थापनतर्फ कुल बजेट लक्ष्यको ३७.१२ अर्थात एक खर्ब १२ अर्ब ५१ करोड रूपैयाँ खर्च भएको छ। सरकारले वित्तिय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रूपैयाँ बजेटको लक्ष्य राखेको थियो।
 

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्