Kathmandu Press

खीर व्यापारबाट लाखौं आम्दानी

डडेल्धुरा, चैत ३ : डडेल्धुराको गान्यापधुरा गाउँपालिका १ साहु खर्कका शेरबहादुर देउवा विगत ३० वर्षदेखि खीर बेच्दै आएका छन् । खीर बाजेको नामले परिचि....

खीर व्यापारबाट लाखौं आम्दानी

डडेल्धुरा, चैत ३ : डडेल्धुराको गान्यापधुरा गाउँपालिका १ साहु खर्कका शेरबहादुर देउवा विगत ३० वर्षदेखि खीर बेच्दै आएका छन् । खीर बाजेको नामले परिचित देउवा भीमदत्त नगर राजमार्ग अन्तर्गत साहु खर्कस्थित खीर बेच्छन्। उनले खीर व्यापारबाटै मासिक एकदेखि दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । 

सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर व्यापार गर्दै छन् । सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको प्रमुख भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताए।  

Hardik ivf

सुदूरपश्चिममा मात्रै नभई सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेका छन्। खीर व्यवसायबाटै राम्रो आम्दानी गर्न सफल भएका देउवाका छोरा पनि अहिले खीर व्यवसायमा नै बुबाललाई सघाउँदै आइरहेका छन्। 

भीमदत्त राजमार्गमा यातायात सञ्चालन शुरु भएसँगै खीर व्यवसाय गरेका देउवाको सिको गर्दै आजभोलि साहु खर्कमा करीब एक दर्जन खीर पसल स्थापना भएका छन्। प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहु खर्क क्षेत्रलाई बाजेको खीर पसलले झनै चर्चामा ल्याएको छ। आजभोलि साहु खर्कलाई खीर बजारका नामले चिनिँदै आएको छ ।  

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्