Kathmandu Press

११ वर्षीय नाति र ६५ वर्षीय हजुरबुवा मृत फेला

आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
११ वर्षीय नाति र ६५ वर्षीय हजुरबुवा मृत फेला
Hardik ivf

नवलपरासी, फागुन १ : पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन्। सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन्।

आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ।

नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटरको दूरीमा विगत चार, पाँच वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेती गर्दै आइरहेका थिए। वृद्धका छोरा, बुहारी, दुई नाति र एक नातिनी रहेकामा मृतक नातिलाई हजुरबुवासँगै छाडेर बुहारी डेढ महिनादेखि आफ्नो माइती भारत गएको बताइएको छ। मृतकका छोरा रोजगारीको सिलसिलामा अन्यत्र गएपछि बुहारी माइत गएको जनाइएको छ।

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्