Kathmandu Press

घरेलु मदिरा सेवनबाट मृत्यु भएका व्यक्तिको परिवारलाई तीन लाख दिने मुख्यमन्त्री राउतको घोषणा

धनुषा, चैत ३ : धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले तीन–तीन लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने भएको छ....

घरेलु मदिरा सेवनबाट मृत्यु भएका व्यक्तिको परिवारलाई तीन लाख दिने मुख्यमन्त्री राउतको घोषणा

धनुषा, चैत ३ : धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले तीन–तीन लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने भएको छ।

मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार बिहान पुगेर पीडित परिवारलाई समवेदना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

Hardik ivf

सो अवसरमा उनले विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने बताउँदै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने बताए।

रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो बैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा  निर्णय हुने बताए। 

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतबार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि २० हजार रुपैयाँ प्रदान गरेका थिए।

प्रकाशित मिति: ११:३७ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्