Kathmandu Press

रेडियो नेपालद्वारा बज्जिका भाषामा समाचार प्रसारण

चौबिसै घन्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको थियो। मधेस प्रदेशका रौतहट, बारा, सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ। 
रेडियो नेपालद्वारा बज्जिका भाषामा समाचार प्रसारण

काठमाडौं, फागुन १ : रेडियो नेपालले आजदेखि बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रशारण आरम्भ गरेको छ। विश्व रेडियो दिवसका अवसरमा रेडियो नेपालले आजदेखि उक्त भाषामा समाचार तथा कार्यक्रम प्रसारण थालेको हो। 

चौबिसै घन्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको थियो। मधेस प्रदेशका रौतहट, बारा, सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ। 

Hardik ivf

पछिल्लो जनगणनाअनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार छ। मधेस प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रुपमा बज्जिका रहेको छ। बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटौँ स्थानमा छ। 

बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताए। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय भाषाबाट समाचार र कार्यक्रम सम्प्रेषण गर्दा सञ्चारमाध्यमप्रति स्थानीयको अपनत्व बढ्ने बताए। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यले सबै भाषाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भाषा, विषयवस्तु र जनशक्तिमा समावेशी सञ्चारमाध्यमको नमुनाका रुपमा रेडियो नेपाल रहेको बताए। तीनवटा प्रसारण केन्द्रसहित हाल सातवटै प्रदेमा प्रादेशिक प्रसारण कार्यालय र ३२ एफएम रिले स्टेसनबाट रेडियो नेपालले देशभर प्रसारण सेवा विस्तार गरेको छ।

रेडियो नेपाल ९३ प्रतिशत जनताको पहुँचमा पुगेको कार्यकारी निर्देशक केसीले जानकारी दिए। रेडियो नेपालको पहुँच शतप्रतिशत भूभाग र नागरिकमाझ पु¥याउने लक्ष्यका साथ काम भइरहेको रेडियो नेपालले जनाएको छ। 

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्