Kathmandu Press

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन् : अर्थमन्त्री महत  

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले यस्तो भनाई राखेका हुन्। बजेट पद्धतीलाई चुस्त बनाउन अझै केही समय लाग्ने पनि उनले बताए। ‘सूचक सकारात्मक बन्दै गएको छ। तर लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ,’ महतले भने।
अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन् : अर्थमन्त्री महत  

काठमाडौं, माघ २९ : अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताएका छन्। 

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले यस्तो भनाई राखेका हुन्। बजेट पद्धतीलाई चुस्त बनाउन अझै केही समय लाग्ने पनि उनले बताए। ‘सूचक सकारात्मक बन्दै गएको छ। तर लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ,’ महतले भने।

Hardik ivf

बजेट व्यवस्थापनमा चुनौती भने बाँकी रहेको पनि उनले बताए। अर्थमन्त्रीले पर्यटन क्षेत्रमा सुधार हुँदै गएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको, कर्जा प्रवाहमा सुधार आएको, विप्रेषण चलायमान भएकोलगायत तथ्यसमेत औंल्याए। 

उत्पादनशील क्षेत्रले गति नलिँदा निर्यात कम भएको पनि अर्थमन्त्री महतले बताए। विदेशी सहयोगमा पहिलाभन्दा धेरै प्रतिबद्धता आएको पनि उनले बताए।

आगामी जुन तेस्रो साता नेपालमा विश्व बैंकको सम्मेलन हने बताउँदै जसमा ९२ देशका प्रतिनिधिको सहभागिता रहेने जानकारी पनि महतले दिए। चाँडै हुन लागेको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताको चासो बढेको भनाई अर्थमन्त्री महतको थियो। 
 

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्