Kathmandu Press

प्रमोद खरेलको स्वरमा ‘मारेउ तिमीले’ गीतकाे म्युजिक भिडियो सार्वजनिक

नेपाली मेलोडिज युटुब च्यानलबाट आइतबार सार्वजनिक ‘मारेउ तिमीले’ गीतमा रमेश लुइटेलको शब्द रहेको छ भने कम्पोज चर्चित गायक तथा संगितकार सिडि बिजय अधिकारीको रहेको छ।
प्रमोद खरेलको स्वरमा ‘मारेउ तिमीले’ गीतकाे म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं, माघ २९ : चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

नेपाली मेलोडिज युटुब च्यानलबाट आइतबार सार्वजनिक ‘मारेउ तिमीले’ गीतमा रमेश लुइटेलको शब्द रहेको छ भने कम्पोज चर्चित गायक तथा संगितकार सिडि बिजय अधिकारीको रहेको छ।

गीतको म्युजिक भिडियोमा पछिल्लो समयमा व्यस्त र चर्चाको शिखर चुमिरहेका दिपेन्द्र राज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देख्न सकिन्छ। 

नेपाली मेलोड्जिकै प्रस्तुती रहेको गीतको म्यजिक भिडियोमा मोडल दिपेन्द्र गिरीकै कन्सेप्ट तथा स्टोरी रहेको छ।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्