राजकुमार राना मृत्यु प्रकरण : पाँच महिनापछि प्रहरी हवल्दारसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चौधरी प्रहरी सहायक हवल्दारसमेत हुन्।
धनगढी, माघ २८ : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चौधरी प्रहरी सहायक हवल्दारसमेत हुन्।
मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले केही दिनअघि उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि अनुसन्धान भइरहेको जनाइएको छ।
राना गत असोज २८ गते कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत अवस्थामा फेला परेका थिए। धनगढीमा काम गर्ने भन्दै गत वर्ष फागुनमा घरबाट निस्किएका राना कहिलेकाही मात्र घर आउने गरे पनि गत असोजदेखि सम्पर्कविहीन भएका थिए।
असोज १८ गते उनले पत्नी सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका थिए। त्यसको १० दिनपछि २८ गते उनी मृत भेटिएको खबर परिवारले पाएको थियो।