Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज चितवन आउने

निजी भ्रमण भनिएकाे साे अवधिमा उनीहरू पटिहानीको सोल्टी होटलमा बस्ने बताइएकाे छ। गत वर्ष पनि पूर्वराजा ज्ञानेन्द्र पटिहानी आएर ८ दिन बसेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज चितवन आउने

चितवन, माघ २८ :  पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह परिवारका अन्य सदस्यसहित आज चितवन आउने भएका छन्। उनीहरू राजा १६ दिन बस्ने कार्यक्रम बनाएर चितवन आउन लागेका  हुन्।

निजी भ्रमण भनिएकाे साे अवधिमा उनीहरू पटिहानीको सोल्टी होटलमा बस्ने बताइएकाे छ। गत वर्ष पनि पूर्वराजा ज्ञानेन्द्र पटिहानी आएर ८ दिन बसेका थिए।

Hardik ivf

उनी जहाजबाट भरतपुर आउनेछन् भने उनी चढ्ने सवारीसाधानहरु भरतपुर आइसकेका छन्। 

बसाइ अवधिभरमा उनीहरूले निकुञ्ज भ्रमण, राप्तीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने कार्यक्रम तय भएको बताइउकाे छ।

पूर्वरानी कोमलको जन्मदिन फागुन ७ गते पर्छ। पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्वराजा ज्ञानेन्द्रले गरेको बताइएकाे छ । ३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने आकलन गरिएकाे छ।

पछिल्लो समय विभिन्न जिल्लाको भ्रमण गरेर राजनीतिक अभिव्यक्ति दिन थालेका छन्। यस भ्रमणमा त्यस्ताे हुन सक्ने अनुमान गरिएकाे छ।

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्