Kathmandu Press

वैवाहिक समारोहको गन्तब्य बन्दै ‘द लेकसाइड रिट्रिट’

आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो । 
वैवाहिक समारोहको गन्तब्य बन्दै ‘द लेकसाइड रिट्रिट’

पोखरा, माघ २८ : सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको ‘द लेकसाइड रिट्रिट’ रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ । आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो । 

पोखराको लेकसाईडकै अन्य विभिन्न होटल र रिसोर्ट भएतापनि यस रिसोर्टमा रहेको लोभलाग्दो गार्डेन, मनमोहक वातावरण र खुला ठाउँले सबैको रोजाईमा यो रिसोर्ट परेको हो । हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्राकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, स्तरीय सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी रहने गरेको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले जानकारी दिए । 

lakeside-Retert-1707618066.jpg

Hardik ivf

रिसोर्टमा विभिन्न पार्टीका लागि बुकिङ आउने क्रम वढेसँगै ७ सय देखि १ हजारजनासम्मको आउटडोर डाइनिङ, २०० वढी क्षमताको सेमिनार हल, स्विमिङ पुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायत सुविधा थप गरेको म्यानेजर रिमालले बताए । 

रिसोर्टको हस्पिटालिटी, पारिवारिक वातावरण र सुपथ मूल्यका कारणले विवाह भोज होस् वा अन्य कुनै ईभेन्टको पार्टीका लागि अहिले धेरैले द लेकसाइड रिट्रिटलाई नै रोज्ने गरेका छन् । आगामी दिनमा पाहुनाहरुको सल्लाह, सुझावलाई आत्मसाथ गर्दै नयाँ सुविधाहरु थप्दै लगिने रिसोर्टका म्यानेजर रिमालको भनाइ छ । 

lakeside-Retert-1-1707618795.jpg

 

रिसोर्टमा सुविधा सम्पन्न चार वटा प्रिमियम कटेजसहित ४० वटा कोठा रहेका छन् । जसमा एक रातको न्यूनतम ६ हजारदेखिका प्याकेजहरु उपलब्ध रहेका छन् ।

426613293_373376605331998_8215657740779651434_n-1707619672.jpg

 

प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्