Kathmandu Press

माग र अधिकार पूरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्छ : मन्त्री बस्नेत

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेशा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्ने बताएका हुन्।
माग र अधिकार पूरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्छ : मन्त्री बस्नेत

सिन्धुपाल्चोक, माघ २७ : स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्ना माग र अधिकार पूरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्ने बताएका छन्।

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेशा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्ने बताएका हुन्।

Hardik ivf

अहिलको व्यवस्थामा आफुहरुको माग पुरा गराउन यसअघि विधालय नै बन्द गरेको भन्दै त्यसले पठनपाठनमा असर परेको उनले बताए। मन्त्री बस्नेतले आजिवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे।

शिक्षकहरुको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ। मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा धेरै काम भए पनि चिकित्सा क्षेत्रको पढाइ भने सहज नभएको बताए। यसलाई सहज गर्न चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको उनले बताए। 

उनले नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्ने उल्लेख गरे। 

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, माघ २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्