सप्तरीमा बृद्धको हत्या प्रयासमा एक पक्राउ
सप्तरी, चैत २ : राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ। हत्या प्रयासको आरोपमा प्रहरीले एक जनाला....

सप्तरी, चैत २ : राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ। हत्या प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो।
पक्राउ परेका मण्डललाई घाइतेले पहिचान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए। पीडितको घाँटीमा गम्भीर घाउ भएको र ६० टाँका लगाउनुपरेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ।
बिहीबार राति घरमा सुतिरहेका साहको दराज खोलेर सामान खोतलिरहेका मण्डललाई रोक्न खोज्दा आफुमाथि आक्रमण भएको घाइते साहले बताए। मण्डलले साहलाई भुइँमा लडाइँ चक्कुले घाँटी काटेको पीडितले बताए।












