Kathmandu Press

अर्घाखाँचीमा असिनाले चुटेर बालकको मृत्यु

अर्घाखाँची, चैत २ : अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका विकास....

अर्घाखाँचीमा असिनाले चुटेर बालकको मृत्यु
Hardik ivf

अर्घाखाँची, चैत २ : अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।  

सुस्त मनस्थिति रहेका नेपाली शनिबार दिउँसो घरबाट हिँडेका थिए। उनी डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:१४ बजे, आइतबार, चैत २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्