Kathmandu Press

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई सम्मान

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले डाक्टर कोइरालालाई सम्मान गर्दै कदरपत्र प्रदान गरे।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई सम्मान

काठमाडाैं, माघ २० : स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई सम्मान गरिएको छ।

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले डाक्टर कोइरालालाई सम्मान गर्दै कदरपत्र प्रदान गरे। कार्यक्रममा सभामुख घिमिरेले स्वास्थ्य क्षेत्रमा कोइरालाले पुराएको योगदानको चर्चा गरे।

Hardik ivf

विपन्न वर्गका नागरिकको स्वास्थ्य उपचारका लागि कोइरालाले धेरै काम गरेको उनले बताए। सभामुख घिमिरेले इच्छालाई प्रयत्नमा परिणत गर्ने काम डा. कोइरालाले गरेको धारणा राखे। सम्मानित भएका डा. कोइरालाले सम्मानले थप जिम्मेवारीबोध भएको बताए।

सिरहाको बन्दीपुर क्षेत्रमा सामाजिक र धार्मिक कार्यमा ख्याति कमाएका परशुराम र सकुन्तला दाहालको योगदानलाई चीरस्मरणीय बनाउन उनका छोराहरु प्राध्यापक रामप्रसाद दाहाल, संविधानविद् काशीराज दाहाल र अर्थशास्त्री केशव दाहालले सो प्रतिष्ठान स्थापना गरेका छन्।

प्रकाशित मिति: १५:५३ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्