हिमपातपछि खुलेका हिमाल [तस्बिरहरू]
हिमपातपछि खुलेको आकाशलाई पृष्ठभूमि बनाएर मनमोहक हिमालहरु हाँसेझैँ लाग्छन्।![हिमपातपछि खुलेका हिमाल [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/himal-1706954315.jpg)
बुधबार रातिबाट बिहीबारसम्म विभिन्न ठाउँमा हिमपात भयो। मौसममा सुधार आएसँगै हिमालहरु खुलेर सुन्दर देखिएका छन्। हिमपातपछि खुलेको आकाशलाई पृष्ठभूमि बनाएर मनमोहक हिमालहरु हाँसेझैँ लाग्छन्।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भञ्ज्याङबाट शनिबार देखिएको लाङटाङ हिमाल।
०००

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-३ स्थित झुल्नेटाबाट शनिबार देखिएको जाजरकोट बारेकोट गाउँपालिकामा पर्ने चाखुरे हिमाल।
०००

रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका-३ स्थित झुल्नेटा बजारबाट शनिबार देखिएको पुथा हिमालको दृश्य । पश्चिम् धौलागिरी हिमशृङ्खला अन्तर्गत पर्ने रुकुम पूर्वको यो हिमाल ७ हजार २ सय ४६ मीटर अग्लो छ।
०००


रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका-३ खारास्थित नेपाली सेनाको चण्डीदल गण (खारा ब्यारेक) र सिस्ने हिमाल।
०००
तस्बिरहरू : रासस
प्रकाशित मिति: १५:४३ बजे, शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












