Kathmandu Press

गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित छ : ओली

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केहि गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रीत रहेको बताएका हुन्।
गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित छ : ओली

काठमाडाैं, माघ २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केहि गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रीत रहेको बताएका हुन्।

Hardik ivf

गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्ममात्रै भएको उनले बताए। अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप पनि लगाए। ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउदै रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको उनले बताए। ओलीले जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ती जनाए।

एमाले नेतृत्वमा तस्करीमा छानविन गरेर जेल हालेकालाई पनि अहिले सरकारले छुटाइरहेको उनको भनाइ छ । उहाले दिगो विकास लक्ष्य भेट्न अघि बढिरहेका बेला रेमिटयान्समा सरकारको ध्यान रहेको तर्क गरे।

अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरुको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो । संसदीय बैठक दुई दिनसम्म चल्ने एमालेले जनाएको छ। 

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्