केही दिनदेखि वेपत्ता युवतीको शव फेला
जनकपुरधाम, फागुन ३० : जनकपुरधाममा शुक्रबार एक युवतीको शव फेला परेको छ। जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्र....

जनकपुरधाम, फागुन ३० : जनकपुरधाममा शुक्रबार एक युवतीको शव फेला परेको छ। जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
विगत केही दिनदेखि बेपत्ता रहेकी रोशनी स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी थिइन्।
बिहान घुम्न निस्केका मानिसले पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












