उदयपुरबाट विप्लव समुहका १३ कार्यकर्ता पक्राउ
काठमाडौं, फागुन २९ : उदयपुरबाट प्रहरीले नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्व नेकपाका १३ जना कार्यकर्तालाई पक्राउ गरेको छ। प्रदेश १ र २ बाट खटिए....

काठमाडौं, फागुन २९ : उदयपुरबाट प्रहरीले नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्व नेकपाका १३ जना कार्यकर्तालाई पक्राउ गरेको छ। प्रदेश १ र २ बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो।
धनुषाबाट बुधबार अपहरणमा परेका व्यक्तिको उद्धारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। साथै उनीहरुको साथबाट प्रहरीले तीन पेस्तोल र १५ वटा बम बरामद गरेको छ।
प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












