Kathmandu Press

१३ वर्षमा विवाह, १५ वर्षमा सन्तान !

इनरुवा, फागुन २९ : सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो।

विवाह भएको एक वर्ष....

१३ वर्षमा विवाह, १५ वर्षमा सन्तान !
सांकेतिक

इनरुवा, फागुन २९ : सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो।

विवाह भएको एक वर्षपछि उनलाई पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो। अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रुपमा गर्भमा आठ महिनाको बच्चा छ। 

Hardik ivf

सोही ठाउँकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो। विवाहको एक वर्षपछि उनको पहिलो सन्तानका रुपमा छोराको जन्म भयो। अहिले १६ वर्ष पुगेकी उनको दुई वर्षीय छोरा छ।

त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एकमहिने छोराको आमा भइसकेकी छन्। उनको १३ वर्षकै उमेरमा विवाह भएको हो। उनीहरु तीनै जना त्यस क्षेत्रका प्रतिनिधि पात्र हुन्।  

अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम जारी छ। सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असर लगायतको विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको पाइएको छ।

विवाहवारि २० वर्ष पारि लगायतका नारा सञ्चारमाध्यम मात्र हैन यससम्बन्धी विषयका गोष्ठी, सभा र सभामा घन्किन थालेको धेरै भैसक्यो। विवाह पनि २० वर्ष  पूरा भएपछि मात्र गर्नुपर्ने कानूनी प्रावधान छ। तर पनि दलित बस्तीका बालबालिकालाई त्यसले खासै असर पारेको देखिँदैन।

दशदेखि १७ वर्षसम्मको उमेर भनेको पढ्ने, खेल्ने र भविष्यको बारेमा दत्तचित्त हुँदै अघि बढ्ने बेला हो । तर यहाँको दलित बस्तीको त्यो समूहका कतिपय बालबालिका सन्तानको स्याहारसुसार गर्न व्यस्त रहेको पाइन्छ।

विभिन्न नगरपालिका, गाउँपालिका र वडाले बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्छन्। त्यो कार्यक्रम  कागज र कोठामा मात्र सीमित छ। कानूनमा कम उमेरमा विवाह गरे केटा र केटी पक्षलाई दण्ड जरिवाना गर्ने व्यवस्था छ। त्यसले पनि उक्त समुदायमा पूर्णतया छुन सकेको देखिँदैन। रासस

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्