कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित
पोखरा, फागुन २९ : गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रदेशसभा ब....

पोखरा, फागुन २९ : गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रदेशसभा बैठक स्थगित भएको हो। प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्य आ-आफ्नो स्थानबाट उठेका थिए।
सभामुखले बस्न पटक-पटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए। प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताए।
अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्ने छ।
प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












