बाँकेमा बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु
बाँके, फागुन २९ : बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
भे१ख २१२९ नम्बरको बस र अ....

बाँके, फागुन २९ : बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
भे१ख २१२९ नम्बरको बस र अटो बिहीबार बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा घाइते भएका दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-(86)-1764936079.jpg)


-1764760320.jpg)