ग्यास उद्योगी र बिक्रेताले फागुन ३० देखि ग्यास बिक्री रोक्ने
काठमाडौं, फागुन १० : ग्यास उद्योगी तथा बिक्रेताहरुले फागुन ३० गते देखि ग्यास बिक्रीवितरण ठप्प पार्ने भएका छन् । अत्यावस्यक बस्तुको बिक्री वितरण रोक्न ....
काठमाडौं, फागुन १० : ग्यास उद्योगी तथा बिक्रेताहरुले फागुन ३० गते देखि ग्यास बिक्रीवितरण ठप्प पार्ने भएका छन् । अत्यावस्यक बस्तुको बिक्री वितरण रोक्न नपाइने प्रावधान विपरित व्यावसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
मंगलबार ग्यास उद्योगीहरुले ३० गते भित्र आफ्ना माग पुरा नभए ग्यास बिक्री रोक्ने चेतवानी सहितका आन्दोलनका कार्यक्रम घोषणा गरको थियो । सोही आन्दोलनलाई साथ दिदैं शुक्रबार ग्यास बिक्रेता महासंघ नेपालले उद्योगीहरुको आन्दोलनलाई साथ दिदैं फागुन ३० देखि बिक्री रोक्ने भएका हुन् ।
उद्योगीहरुले ६ बुँदे माग राखेर आन्दोनका कार्यक्रम घोषणा गरेका थिए । सोही आन्दोलनलाई साथ दिदैं महासंघले सरकारसंग तत्काल माग सम्बोधन गर्न चेतावनी दिएका छन् ।
‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा देशभरका बिक्रेताहरुको समर्थन रहेको छ’ संघका महासचिव विनोद काफ्लले भने । मागहरु पूरा नभए फागुन ३० गते ग्यास बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिन्डरहरु सम्बन्धित निकायमा बुझाउने बिक्रेताहरुले चेतावनी दिएका छन् ।
उद्योगीहरुको मागलाई समर्थन गर्दै विक्रेताहरुले बिक्रेता प्रमाणिकरण प्रक्रिया तत्काल शुरु गर्नु पर्ने, बिक्रेता वितरकको कमिशन मूल्यको कम्तिमा ६ प्रतिशत हुनुपर्ने माग अघि सारेका छन् ।
यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गरिनु पर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ ।
तराईका सबै स्थानहरुमा एउटै बिक्री मूल्य कायम गरिनुपर्ने, नेपाली नम्बरका ग्यास बुलेट संचालनका लागि आवश्यक पहल गरी निकास दिनुपर्ने, प्रमाणिकरण भएका सिलिण्डरको आधारमा कोटा थप गर्नुपर्ने लगायतका माग उद्योगीहरुले अघि सारेका छन् ।
यता उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष माधव तिमल्सिनाले सरकार र व्यवसायीको चेपुवामा उपभोक्तालाई नपारी व्यवसायीको जायज मागलाई सरकारले पूरा गरिदिनु पर्ने बताए । ‘उपभोक्तालाई दुख दिने कार्य जायज छैन, वार्ता र संवादबाट समस्या समाधान हुनु पर्दछ,’ तिमल्सिनाले भने ।











-1754206481.jpg)