एकै दिन दुई सय ७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
लहान, फागुन २८ : ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन दुई सय ७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ। होलीपर्वको ....

लहान, फागुन २८ : ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन दुई सय ७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ। होलीपर्वको समयमा मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ। पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ।
यस्तै होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुर्व्यवहार गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।











