Kathmandu Press

व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सम्पन्न

कैलाली, फागुन २८ : कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत....

व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सम्पन्न

कैलाली, फागुन २८ : कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ।

बसपार्क निर्माणका लागि १८ महिनाभित्र काम सक्ने गरी विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभी धनगढीले ठेक्का लिई निर्माण शुरु गरेको हो । विसं २०७७ साउन ४ गतेभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि त्यसअगाडि नै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम भइरहेको निर्माण कम्पनीका इञ्जिनीयर झङ्कर थापाले बताए। 

Hardik ivf

बसपार्कमा एकतलाको टर्मिनल भवन निर्माण भएको छ। त्यसमा टिकट काउन्टर, रेष्टुरेन्ट, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएको छ। 'बसपार्क क्षेत्र पूरै आरसिसीसहितको ढलान गरिएको छ, त्यहाँ बसपार्कमा लामो दूरी र छोटो दूरीका लागि छुट्टाछुट्टै पार्किङ स्थान बनाइएको छ', इञ्जिनीयर थापाले भने, 'बसपार्कभित्र मोटरसाइकल, अटोरिक्साका लागि पनि पार्किङको व्यवस्था छ।' अबको केही दिनमा बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने उनले बताए।

टीकापुरमा अहिले व्यवस्थित बसपार्कसहित ६ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र दृश्यावलोकन स्तम्भसहितको घण्टाघर निर्माण भइरहेका छन्। 'भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्दछ, त्यसमा हामी सचेत भएका छौँ',  नगरप्रमुख तपेन्द्र रावलले भने, 'हामीले संरचना निर्माण गर्दा प्रयोग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ, टीकापुरमा ठूला पूर्वाधार बन्न थालेका छन्, यसले विकासमा सहयोग पुगेको छ।' बसपार्क निर्माणको लागि राजेन्द्र रोयल जेभी धनगढीले आठ करोड ३३ लाख रुपैयाँमा ठेक्का लिएको हो।

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्