Kathmandu Press

ब्राजिलसँगको सीमा बन्द गर्दै भेनेजुएला

काठमाडौं, फागुन १० : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ब्राजिल हुँदै भेनेजुएला आउन लागेको विदेशी सहयोग सामाग्री रोक्न ब्राजिलसँगको सिमाना बन्द गर....

ब्राजिलसँगको सीमा बन्द गर्दै भेनेजुएला
एजेन्सी

काठमाडौं, फागुन १० : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ब्राजिल हुँदै भेनेजुएला आउन लागेको विदेशी सहयोग सामाग्री रोक्न ब्राजिलसँगको सिमाना बन्द गर्ने बताएका छन् । बिहीबार टेलिभिजन सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

मादुरोले भेनेजुएलाको अर्को छिमकी कोलम्बियासँगको सीमा पनि बन्द गर्न सक्ने अनुमान गरिएको छ । उनले भेनेजुएलामा कुनै मानवीय संकट नभएको भन्दै सहायता सामाग्री ल्याउने काम अमेरिका प्रायोजित खेल भएको आरोप लगाएका छन् ।

Hardik ivf

माघ ९ मा आफैलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका हुवान गुएइदोको अनुरोधमा अमेरिकालगायतका मुलुकले पठाएका सहायता सामाग्री ब्राजिल र कोलम्बियामा जम्मा भएर बसेका छन् । राष्ट्रपति मादुरोले बलपूर्वक सहायता सामाग्री भेनेजुएला नभित्राउन चेतावनी दिएका छन् ।

गतवर्ष संयुक्त राष्ट्रसंघले दिएको सहायता सामाग्री स्वीकार गरेका मादुरोले यसवर्ष भने अमेरिका र अन्य मुलुकबाट आउन लागेका सहायता सामाग्री अस्वीकार गरेका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले मानवीय सहायतालाई राजनीतिकरण नगर्न सबै पक्षसँग आग्रह गरेको छ ।

गुएइदोले आफैलाई राष्ट्रपति घोषणा गरेपछि त्यसलाई अमेरिका, क्यानाडा, ब्राजिल, कोलम्बिया लगायत मुलुकले मान्यता दिएका थिए । भेनेजुएलाको सेनाले भने मादुरोलाई मान्यता दिएको छ । राजनीतिक ध्रुविकरण र आर्थिक समस्यामा फसेको भेनेजुएलामा राष्ट्रपति मादुरोको समर्थन र विरोध चर्को रुपमा भइरहेको हुन्छ ।

प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, फागुन १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्