Kathmandu Press

चेक बाउन्सको आरोपमा एक पक्राउ

दाङ, फागुन २८ : जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको छ। पीडितको उजुरीक....

चेक बाउन्सको आरोपमा एक पक्राउ

दाङ, फागुन २८ : जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको छ। पीडितको उजुरीका आधारमा बैंक कसुर मुद्दामा गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए।

पीडितले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध एक महिना अघि मुद्दा दर्ता भएको थियो। इटहरीमा लुकिछिपी बसेका गुरागाईंलाई मंगलबार साँझ पक्राउ गरी दाङ लगिएको हो। 

गुरागाईंले दिएको तीन लाख २० हजार रुपैयाँको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए। 

प्रकाशित मिति: ११:५६ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्