Kathmandu Press

कर्णालीमा गठबन्धनका उम्मेदवारको एकसाथ मनोनयन दर्ता 

प्रदेश निर्वाचनको कार्यालय सुर्खेत पुगेर उनीहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन्।
कर्णालीमा गठबन्धनका उम्मेदवारको एकसाथ मनोनयन दर्ता 

सुर्खेत, पुस २३ : राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका छन्। 

प्रदेश निर्वाचनको कार्यालय सुर्खेत पुगेर उनीहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता कार्यक्रमका पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए। कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक÷एक सिट परेको छ।

तीन सिटमा निर्वाचन हुँदै छ। महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार छन्। 
 

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्