नदी तर्दा शुल्क तिर्नुपर्ने बाध्यता
अत्तरिया, फागुन २७ : धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गरेवापत....

अत्तरिया, फागुन २७ : धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गरेवापत शुल्क तिर्दै आएका छन्। दुई जिल्लाको सीमा भएर बग्ने नदीमा निर्माणधिन पुल पुरा नभएको कारण काठको अस्थायी पुल तरेबापत वर्षौंदेखि पैसा तिर्दै आएका हुन् ।
स्थानीय कमल चौधरीका अनुसार बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयले ‘लन्डन ब्रिज’ नामको अस्थायी पुल बनाएका छन्। पुलमा ओहोरदोहोर गरेबापत प्रतिमोटरसाइकल प्रवेश गरेमा २० रुपैयाँ, साइकल १० रुपैयाँ, प्रतिव्यक्ति १० रुपैयाँ र अटोरिक्साको ५० रुपैयाँ शुल्क कायम गरिएको छ।
'नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोरदोहोरमै समस्या पर्थ्याे', पुलका चौकीदार सुन्दर चौधरीले भने,'त्यसैले पुल तर्दा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ।' अस्थायी काठेपुलबाट दैनिक ६ सयदेखि नौ सय रुपैयाँसम्म रकम सङ्कलन हुँदै आएको छ। राजघाटका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको छ। पुल तर्नका लागि दैनिक ५० रुपैयाँ छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।
हरेका वर्ष नयाँ अस्थायी पुल निर्माण गरेपनि हरेका बर्षातमा नदीले बगाएर लैजाने गर्दछ। उक्त नदीमा पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी एलाइड एडभेन्चरले निर्धारित समयमा पुलको काम नसकेपछि कम्पनी कारवाहीमा परेको छ।
तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा एलाइड एडभेन्चरले आठ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको थियो। दुईपटक निर्माणको लागि म्याद थप्दा हुँदासमेत निर्माण कम्पनीले काम पुरा गरेको छैन्।









-(86)-1764936079.jpg)


-1764760320.jpg)