Kathmandu Press

दाउरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

वीराटनगर, फागुन २७ : श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका १२  मलंगवाकी ७० वर्षीया सगुत्री ....

दाउरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

वीराटनगर, फागुन २७ : श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका १२  मलंगवाकी ७० वर्षीया सगुत्री ऋषिदेवको हत्याको आरोपमा प्रहरीले उनको श्रीमान् ७२ वर्षीय परण ऋषिदेवलाई पक्राउ गरेको हो। 

सोमबार दिउँसो मदिरा सेवन गरी घर पुगेका परणले सामान्य विवादमा श्रीमती माथि दाउरा प्रहार गरेका थिए। बिगत पाँच वर्षदेखि प्यारालाइसिसको विरामी रहेकी सगुत्रीको दाउरा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

परणलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्