Kathmandu Press

तीन सय इलेक्ट्रिक बस यातायात प्राधिकरणमार्फत संचालन गरिने

काठमाडौं, फागुन १० : सरकारले यातायात प्राधिकरण गठन गर्ने प्रक्रिया शुरु गरेको छ । मन्त्रिपरिषद्बाट यातायत प्राधिकरण ऐन, २०७५ को विधेयक तर्जूमा गर्न सै....

तीन सय इलेक्ट्रिक बस यातायात प्राधिकरणमार्फत संचालन गरिने

काठमाडौं, फागुन १० : सरकारले यातायात प्राधिकरण गठन गर्ने प्रक्रिया शुरु गरेको छ । मन्त्रिपरिषद्बाट यातायत प्राधिकरण ऐन, २०७५ को विधेयक तर्जूमा गर्न सैद्दान्तिक स्वीकृति दिइएको छ ।

यसँसगै अब यातायात प्राधिकरण गठनको बाटो खुलेको सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । भाडा तोक्ने, रुटा इजाजात दिने तथा यातायात संचालनको सबै जिम्मा प्राधिकरणलाई दिइने मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्राधिकरण गठनसँगै हाल भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको यातायात व्यवस्था विभाग खारेज हुने छ । सरकारले स्वयत्त निकायको रुपमा प्राधिकरण गठन गर्ने तयारी गरेको हो ।

सरकारले खरिद प्रक्रिया अगाडि बढाएको तीन सय इलेक्ट्रिक बस समेत सोही प्राधिकरणमार्फत संचालन गर्ने गरी ऐन बनाउने तयारी गरेको छ । दुई महिना अगाडी तीन सय बस किन्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

यातायात व्यवसायीहरूले समेत विभागले यातायात क्षेत्रको काम गर्न नसकेको भन्दै प्राधिकरकण गठन गर्न माग गर्दै आएका थिए  ।

 

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, फागुन १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्