Kathmandu Press

बैतडीमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

बैतडी, फागुन २५ : धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घट....

बैतडीमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

बैतडी, फागुन २५ : धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।  सो राजमार्गअन्तर्गत  पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो ।

Hardik ivf

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी,  २० वर्षीय  हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ ।   

प्रकाशित मिति: ०८:३१ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्