बिहीबार, जेठ २२, २०७७

कोरोना माहामारी : विश्वभर ३ लाख २० हजारको मृत्यु 

काठमाडौं, जेठ ६ : विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २० हजार १२५ नाघेको छ ।

करिब ४८ लाख ८६ हजार संक्रमित मध्ये १९ लाख ३ हजार बढी उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ९२ हजार पुगेको छ ।

संक्रमितको संख्या १५ लाख ४९ हजार नाघेको छ । बेलायतमा २ लाख ४६ हजार ४ सय बढी संक्रमित मध्ये ३४ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २५ हजार ८ सय बढी संक्रमित र ३२ हजारको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार २ सय नाघेको छ ।

ब्राजिलमा २ लाख ५४ हजार बढी संक्रमित हुंदा १६ हजार ७ सय बढीको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ । रसियामा २ लाख ९० हजार ६ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ७ सय नाघेको छ ।

 Published Date: Tuesday, 19th May 07:20:26 AM