मंगलबार, असोज १३, २०७७

कोरोना कहर : विश्वभर ८६ लाख संक्रमित निको भए

काठमाडौं, साउन ४ : विश्वभर कोरोना संक्रमणबाट हालसम्म ८६ लाख संक्रमित निको भएका छन् । वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार विश्वभर रहेका १ करोड ४४ लाख संक्रमितमध्ये ८६ लाख संक्रमित सफल उपचारपछि निको भएका हुन् । 

विश्वका विभिन्न मुलुकमा ५२ लाख संक्रमित उपचाररत रहेका छन्, जसमा झण्डै ६० हजार संक्रमितको अवस्था गम्भीर अवस्थामा रहेको छ । कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा ५ हजारले ज्यान गुमाएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउने संख्या ६ लाख ४ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६३ हजार २ सय ५९ जना थपिएका छन्। अमेरिकामा ३८ लाख ३३ हजार वढी संक्रमित मध्ये १ लाख ४२ हजारले ज्यान गुमाउँदा १७ लाख वढी निको भएका छन् । ब्राजिलमा २६ हजार ४ सय जना थपिदाँ संक्रमितको संख्या २० लाख ७५ हजार पुगेको छ । 

जसमध्ये ७८ हजारले ज्यान गुमाएका छन् भने १३ लाख वढी निको भएका छन् । भारतमा ३७ हजार ४ सय ७ जना थपिदा संक्रमितको संख्या १० लाख नाघेको छ जसमध्ये २६ हजारले ज्यान गुमाए भने ६ लाख ७७ हजार निको भएका छन् । 

 Published Date: Sunday, 19th July 2020 1:50:21 am