मंगलबार, जेठ २०, २०७७

कोभिड-१९ बाट संसारभर झण्डै ५० लाख संक्रमित, ३ लाख २४ हजार वढीको मृत्यु

काठमाडौं, जेठ ७ : विश्वभर कोरोना भाइरसबाट ३ लाख २४ हजार भन्दा  धेरै मानिसको मृत्यु भएको छ।   पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८८९ पुगेको हो।

पछिल्लो २४ घण्टामा ४ हजार ५८९ जनाको ज्यान गएको छ। संसारभर ४९ लाख ८५ हजार ६५८ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । त्यस्तै अहिलेसम्म विश्वभर १९ लाख ५६ हजार ३६१ जना ठिक भएका छन्।  अमेरिकामा १५ लाख ७० हजार ५८३  संक्रमित भएका छन् भने ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ। यसैबीच ३ लाख ६१ हजार १८० निको भएर फर्किएका छन्। 

संक्रमितको आधारमा रुस दोस्रो स्थानमा रहेको छ । त्यहाँ २ लाख ९९ हजार ९ सय ४१ जनाको संक्रमण हुँदा अहिलेसम्म २ हजार ८ सय ३७ जनाको ज्यान गएको छ।  बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ संक्रमित भएका छन् भने ३५ हजार ३४१ जनाको मृत्यु भएको छ।

इटालीमा २ लाख २६ हजार ६९९ संक्रमित भएका छन् भने ३२ हजार १६९ जनाको मृत्यु भएको छ। यसैगरी, भारतमा संक्रमितको संख्या एक १ लाख ६ हजार ४ सय ७५ पुगेको छ। त्यस्तै ३ हजार ३ सय २ जनाको ज्यान गइसकेको छ। भारतमा हालसम्म ४२ हजार ३ सय ९ जना निको भएका छन्। 
 

 Published Date: Wednesday, 20th May 07:37:54 AM