बिहिबार, असोज १५, २०७७

भ्रष्टाचारको आरोपपछि स्पेनका पूर्व राजाले गरे देश छाड्ने निर्णय

काठमाडौं, साउन २० : स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गरेका छन् । स्पेनिस राजदरबारले जनाए अनुसार उहाँले यससम्बन्धि जानकारी आफ्ना छोरालाई गराइसकेका छन् ।

केही हप्ताअघि शुरु गरिएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा तानिएपछि ८२ वर्षीय पूर्व राजा ख्वान कार्लोसले देशै छोड्ने निर्णय गर्नुभएको अनुमान गरिएको छ । पूर्व राजा कार्लोसले पत्र लेखेर देश छोड्ने सम्बन्धि जानकारी छोरा फेलिपेलाई गराउन भएको हो ।

छोरा फेलिपेलाई ६ वर्षअघि ख्वानले सत्ता हस्तान्तरण गरेका थिए । स्पेनको सर्वोच्च अदालतले गत जुनमा साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्झौतामा पूर्व राजा ख्वानको संलग्नता रहेका बारेमा अनुसन्धान थालेको थियो ।

देश छाड्ने निर्णय गरेका पूर्व राजा कुन देशमा बस्न जानुहुनेछ भन्ने त यकिन भैसकेको छैन तर अब उनी देशभित्र भने नरहेने प्रष्ट भएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 Published Date: Tuesday, 4th August 2020 2:32:22 am