बिहीबार, साउन २९, २०७७

कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना

काठमाडौं, साउन १६ : स्वास्थ्यमा समस्या देखिएपछि भारतीय कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो ।

पेटमा संक्रमण भएपछि ७३ वर्षीया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन् । 

 Published Date: Friday, 31st July 07:12:17 AM