बिहीबार, साउन २९, २०७७

अमेरिका–इरान तनावबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा

काठमाडौं, पुस २७ : अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गरेका छन् । भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गर्ने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ । प्रधानमन्त्री आवेले भने, “जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु ।” भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ ।

अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ । प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्ने अनुमान गरिएको छ ।

यस बाहेक अमेरिका र इरानबीच पछिल्ला केही दिन यता बढेको तनाब मथ्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने जापानले बताएको छ । प्रधानमन्त्री आगामी बुधबार स्वदेश फर्कनेछन् । 
 

 Published Date: Sunday, 12th January 07:04:25 AM