सोमबार, जेठ १९, २०७७

जापानका अधिकांश स्थानमा आपतकाल हटाईयो 

काठमाडौं, जेठ २ : जापानका अधिकांश स्थानमा आपतकाल हटाइएको छ । कोरोना संक्रमितहरुको संख्यामा आएको तिब्र गिरावटपछि जापानले उक्त कदम चालेको हो ।

जापानका प्रधानमन्त्री सिञ्जो आबेले बिहीबार एक घोषणामार्फत मुलुकका ४७ प्रान्तमध्ये ३९ प्रान्तमा आपतकाल हटाइएको जानकारी दिएका छन् । यद्यपि, राजधानी टोकियो, ओसाका र होक्काइडोमा आपतकाल जारी रहनेछ ।

किनभने ती क्षेत्रमा दैनिक नयाँ संक्रमितहरु देखिइरहेका छन् । प्रधानमन्त्री आबेले भने, यदि सम्भव भयो भने बाँकी क्षेत्रमा पनि मे ३१ भन्दा पहिले नै आपतकाल हटाइनेछ ।’ जापानमा अहिलेसम्म १६ हजार ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने ६ सय ७८ जनाको मृत्यु भएको छ । 

 Published Date: Friday, 15th May 07:21:14 AM