सोमबार, मंसिर २३, २०७६

इजरायलका प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप

एजेन्सी, मंसिर ६ : इजरायलका महान्यायाधिवक्ताले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले  घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको लगायतका आरोपहरु महान्यायाधिवक्ताले लगाएका छन् । प्रधानमन्त्रीले भनेआरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको भन्दै उनले राजीनामा नदिने र कानुनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा जोड पनि दिए।

टेलिभिजन सम्बोधनमा नेतन्याहुले अधिकारीहरू सत्यको पछि नलागेर आफ्नो पछि लागेको बताए र अनुसन्धानकर्ताहरूमाथि अनुसन्धान गर्न देशलाई आग्रह गरे। महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफूले गह्रुँगो मनले निर्णय लिएको बताए, तर त्यसबाट इजरायलमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि नरहेको देखाएको टिप्पणी गरे।

महान्यायाधिवक्ताको घोषणा एप्रिल र सेप्टेम्बरमा अनिर्णित भएका चुनावपछि राजनीतिक गतिरोध कायमै रहेका बेला आएको छ।
 

 Published Date: Friday, 22nd November 07:15:04 AM