मंगलबार, मंसिर १६, २०७७

भारतले घोषणा गर्‍यो २० लाख करोडको कोरोना राहत प्याकेज

काठमाडौं, वैशाख ३० : भारत सरकारले कोरोनाबाट आर्थिक क्षेत्रमा परेको असरका लागि २० लाख करोडको आर्थिक विषेश प्याकेज घोषणा गरेको छ । 

मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसबाट लड्न उक्त राहत प्याकेज घोषणा गरेका हुन् । उक्त प्याकेज कुन कुन क्षेत्रमा कसरी वितरण गरिन्छ भन्ने बारेमा भने अर्थमन्त्री निर्मला सितासरमनले छिटै विस्तृत कार्यक्रम घोषणा गर्ने बताइएको छ । 

मोदीले आत्मनिर्भर भारत अभियान कार्यक्रमको पनि घोषणा गरेका छन् । उक्त कार्यक्रममा भारतमै उत्पादीत वस्तु तथा सेवाहरु प्रयोग गर्न मोदीले आग्रह गरेका छन् । भारतमा कोरोनाका कारण २ हजार २ सय ९३ जनाको निधन भएको छ भने ७० हजार ७ सय ५६ जना संक्रमित भएका छन् । 

 Published Date: Tuesday, 12th May 2020 3:31:36 pm