शनिबार, असार २७, २०७७

रोग, बेरोजगारी र प्रहरी विरूद्धको आक्रोशले थलिएको अमेरिका

विश्वव्यापी महाव्याधिले एक लाखभन्दा धेरै अमेरिकीको ज्यान लिएको छ। चार करोड बेरोजगार भएका छन्। प्रहरीले अश्वेत अमेरिकीको हत्या गरेको घटना विरूद्ध देशभरि विरोध केहि हिंसात्मक पनि भइरहेको छ। राष्ट्रपति ट्रम्प ट्विटरसँग लडिरहेका छन्। राजनीतिक प्रतिद्वन्दीलाई आक्रमण गरिरहेका छन्। आफैंले प्रयोग गर्ने मतदानको अभ्यासको आलोचना गरिरहेका छन्। लुटेरालाई गोली हान्नुपर्नेजस्ता अभिव्यक्ति दिइरहेका छन्।

अमेरिकाको अस्तव्यस्त राजनीति र जातिय असमानता यो साता छर्लङ्गै भयो। कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्मकै उच्च पुग्यो। कानून नियामक निकायले अश्वेत अमेरिकीको ज्यान कसरी लिइरहेको छ भन्ने उदाहरण फेरि देखियो। नागरिक विरूद्ध भइरहेका हिंसा, नियन्त्रण गर्न नसकिएको प्राणघातक रोगको महामारी र जर्जर अर्थतन्त्र समग्रमा यी घटनाहरूले संकटग्रस्त देशको तस्बिर देखाउँछ। “नागरिक जीवन जोखिममा छ। सबैजना आक्रोशित छन्,” इतिहासविद् तथा राइस युनिभर्सिटीका प्राध्यापक डग्लस ब्रिङ्कलीले भने।

शिकागोस्थित युनिभर्सिटी अफ इलिनोइका इतिहासविद बार्बरा र्यालन्स्बीले कोरोनाभाइरसको प्रकोपले लामो समयदेखि चल्दै आएको जातिय असमानतालाई झन् चर्काएको बताइन्। प्रहरीको हिंसात्मक तस्बिरले आगोमा घ्यु थप्ने काम गरेको छ। “जनता सबै कुरालाई लिएर रिसाएका छन्,” र्या न्स्बीले बताइन्। “इतिहासमा महत्त्वपूर्ण मोड र फुट आउँछन्। यो पनि त्यस्तै क्षण हो तर यसको पूर्ण तस्बर हामीले हेर्न बाँकी नै छ।” मिनिपोलिस प्रहरीको हिरासतमा ४६ वर्षिय अश्वेत पुरूषको मृत्यु भएपछि सडकमा प्रदर्शनकारी छाल आयो। घटनाको भिडियो सामाजिक सञ्जालमा छायो। त्यहि शहरको एउटा प्रहरी कार्यालय र व्यवसायमा आगो लगाइयो। कोलोराडोको राज्यसभा नजिकै गोली चल्यो। लुइभिलको प्रदर्शनमा सात जनालाई गोली हानियो।

अधिकारीले मिनिपोलिस घटनामा संलग्न प्रहरीलाई हत्याको अभियोग लगायो। तत्काल भइरहेको अशान्ति रोक्ने प्रयास स्वरूप यस्तो गरिएको केहिले अनुमान गरेका छन्। स्वास्थ्य र आर्थिक संकटको वृहत्तर सन्दर्भमा उब्जिएको यो कोलाहलले नाटकिय मोड ल्याउने केहिले बताएका छन्। केहिलाई आधारभूत परिवर्तन हुनेमा शङ्का छ। 

कोलम्बिया युनिभर्सिटीका इतिहासविद् एरिक फोनरलेअतित आशातित असफल परिणाम भएका घटनाहरूले भरिएको बताए। सन् १८४८ को युरोपेली आन्दोलन र सन् २००५ को हरिकेन कट्रिना यसको उदाहरण भएको उनले बताए। आन्दोलनले आधुनिक इतिहास नबनेको र हरिकेन कट्रिनाले घातक असफलता देखाए पनि राजनीतिक रूपान्तरण नगरेको बताइन्छ। “यो कोरोनाभाइरसले सबै परिवर्तन गर्छ भन्नेसँग मलाई शङक् छ,” फोनरले भने।
फेब्रुअरीमा मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिनेटले महाभियोगबाट नलगाउने निर्णय गर्यो । अमेरिकी इतिहासमा महाअभियोग लगाइएको उनी तेश्रो राष्ट्रपति हुन्। अर्को महिना नोभेल कोरोनाभाइरस फैलन नदिन अमेरिकाका अधिकांश व्यवसाय र सामाजिक गतिविधी बन्द भए। अहिले भर्खर खुल्न थालेको छ। तर कहिले र कसरी खोल्नेबारे युद्ध चलिरहेको छ।

यो साता मिनियापोलिसका प्रहरी अधिकारी डेरेक सोभिनले हतकडी लगाइएका अश्वेत पुरूषको घाँटी घुँडाले थिचे। जर्ज फ्लोयड जमिनमा थिए। अन्ततस् उनको मृत्यु भयो। “सास फेर्न सकिनँ”, भन्दै उनी चिच्याइरहे। यो भिडियो अहिले सारा संसारले हेरेको छ।
मिन्नेसोटाको प्रदर्शन कोलम्बस, फिनिक्स, डेन्भर र लुइभिलसम्म पुग्यो।लुइभिलमा पनि एक प्रहरी अधिकारीले २६ वर्षिया अश्वेत महिलालाई उनको घरैमा गोली हानी मारेका थिए। शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुनथाल्यो।

केहि दिन अघि जर्जियामा जगिङ गरिरहेका अहमद आर्बरीको हत्या भएको थियो। उनी पनि अश्वेत पुरूष थिए। न्यूयोर्कको सेन्ट्रल पार्कमा एक जना श्वेत महिलाले चरा हेर्न आएका अश्वेत पुरूषलाई पक्राउ गर्न प्रहरी बोलाइन्। दुवै घटना भिडियोमा कैद गरिएको छ। “बाहिर निस्किएका मानिस देखेर म छक्क परेको थिएँ,” राओल कनिङहमले भने। उनी लुइभिलको एनएएसिपी शाखाका प्रमुख हुन्। “मैले प्रष्ट बुझें हामी यसअघि कहिले नभएको समयमा छौं।”

राष्ट्रपतिको महाअभियोग, प्रहरीले गरेको हत्या विरूद्ध भइरहेका प्रदर्शन र विश्वव्यापी महाव्याधि सबैको नजिर छ। तर यति छोटो समयमा यिनीहरूको संगम हुनुले   त्यो पनि व्हाइट हाउससँग सम्बन्धित ऐतिहासिक मुल्यमान्यताका सीमालाई निरन्तर चुनौती दिइरहने राष्ट्रपतिको कार्यकालमा   देशको अप्ठ्यारो झन् बढाएको छ। “महाव्याधि र आर्थिक सङ्कटले सबैलाई अप्ठ्यारो पारेको बेला जीवन सामान्यतर्फ फर्कियोस् भन्ने चाहनु सामान्य हो,” पूर्व राष्ट्रपति बराक ओबामाले एउटा वक्तव्यमा भने। “तर लाखौं अमेरिकीलाई वर्णकै आधारमा भिन्न व्यवहार हुनु दुखद, पीडादायी र विक्षिप्त ढङ्गले सामान्य हो। त्यो स्वास्थ्य प्रणाली होस् वा न्यायिक प्रणाली। सडकमा जगिङ गर्दा होस् वा पार्कमा चरा हेर्दा।”

ट्रम्पले शुक्रबार सधैंझैं प्रतिक्रिया दिए। उनले ट्विट मार्फत् मिनियापोलिसका मेयर, जो डेमोक्रेट हुन्, र प्रदर्शनकारीलाई ठग भने। नेसनल गार्ड पठाउने शपथ खाए। टिव्टरले यसलाई हिंसाको महिमागान भन्दै नियम उल्लंघन गरेको बतायो। “जस्तोसुकै कठिनाइ आओस् हामी नियन्त्रण गर्नेछौं तर लुट सुरू भएपछि गोली प्रहार हुनेछ,” उनले ट्विटमा लेखे। पचार वर्षअघि मायामीमा अशान्ति भड्किदाँ प्रहरी प्रमुखले पनि यस्तै चेतावनी दिएका थिए।
ट्रम्पले पछि सच्याए। लुटेरालाई गोली हानियोस् भन्ने नचाहेको भने। “तथ्यको रूपमा भनिएको हो, अभिव्यक्ति होइन,” ट्रम्पले भने।

पूर्व उपराष्ट्रपति जो बाइडेनले यो हिंसा भड्काउने समय नभएको भन्दै राष्ट्रपतिलाई व्यङ्ग्य प्रहार गरे। उनी डेमोक्रेटको तर्फबाट राष्ट्रपतिका प्रत्यासी हुन्। उनले फ्लोयडको परिवारसँग कुरा गरेको र देशमा जातिय अन्यायको इतिहासको विरोध गर्न आव्हान गरे। “यो देशको मूल पापको दाग अझै छ,” बाइडेनले भने,“कहिलेकाँही हामी यसलाई नदेखेझैं गर्छौं। दैनिक जीवनको हजारौं कामसँगै हामी अघि बढ्छौं। तर यस्तो सधैं भइरहेको हुन्छ। यस्ता साताले हाम्रो देशको घाउ अझै नभरिएको प्रष्ट छ।”

मिनेसोटामा, कम्तिमा अभियोग लाग्नुअघि, प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान थालेको स्थानीय अधिकारी बताउँछन्। एउटा घटनामा प्रहरीले प्रत्यक्ष टेलिभिजन प्रसारमा सिएनएनका संवाददाता र अन्य सदस्यलाई हिरासतमा लिए। पछि छाडियो पनि। मिनेसोटाका गभर्नर टिम वाल्जले एउटा भावनात्मक पत्रकार सम्मेलनमा प्रहरी सेवामा पुस्तौंको जातीय पीडा र वेदनाको नतिजा स्वरूप अशान्ति भएको बताए।

यो साता आगो लगाइएको डिस्ट्रिक्टमा राज्य विधायक होदन हस्सनले जलाइएका व्यवसायले दक्षिण मिनियापोलिससँग परिचित आर्थिक पीडा झन बढाउने बताए। अहिले महाव्याधिकै समयमा देशभरि फैलिरहेको छ। “यो समुदायले लगानीको अभावमा निकै संघर्ष गरेको छ,” उनले भनिन्,“अनि महाव्याधि आयो। अहिले भइरहेको घटनाले आगोमा घ्यु थपेको छ। हामीले विश्राम पाउने कुनै सङ्केत छैन।”

फ्लोयड परिवारका वकिल बेन क्रम्पले सोभिन पक्राउ पर्नु स्वागतयोग्य भएको तर परिवारले अझ गम्भीर अभियोगको अपेक्षा गरेको एउटा वक्तव्यमा बताएका छन्। घटनास्थलमा उपस्थित अन्य प्रहरी अधिकारीलाई पनि हिरासतमा लिनुपर्ने परिवारको माग छ। “यो हत्यामा अश्वेत समुदायले भोगेको पीडा र अमेरिकामा अश्वेत व्यक्तिलाई हुने व्यवहार प्रष्टै छ र अमेरिकाका सडकमा छरपस्ट छ,” क्रम्पले भने। राइस युनिभर्सिटीका इतिहासविद् ब्रिङ्क्लीले राष्ट्रपति रिचर्ड निक्सनको यो समयलाई कार्यकालसँग दाँजे। सारा देश भियतनाम युद्धलाई लिएर राजनीतिक रूपमा विभाजित थियो। राष्ट्रपति भने पेन्टागन पेपरलाई लिएर प्रेसलाई आक्रमण गरिरहेका थिए।

ट्रम्पले यो अस्तव्यस्त अवस्थालाई राजनीतिक मुद्दाका लागि फाइदाजनक देखेको ब्रिङ्क्लीले बताए। आफूलाई अराजकता नियन्त्रण गरेर कानून र व्यवस्था कायम गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्न र महाव्याधिबाट ध्यान हटाउन सके फाइदा पुग्ने ट्रम्पको ध्याउन्न रहेको उनको जिकिर छ। वाशिङ्टन पोस्टले मेमा गरेको सर्वेक्षणमा ट्रम्प बाइडेनभ्दा ७ अंकले पछि रहेको देखिएको छ। “यो कोभिड १९ को मौसम हो कि शहरी अशान्तिरु” ब्रिङ्क्ली प्रश्न गर्छन्। “ट्रम्प यसलाई कोभिड १९ को मौसम बनाउन चाहदैनन्।”

ट्रम्पले सङ्कट झन् गम्भीर बनाइरहेको कोलम्बिया युनिभर्सिटीको नाइट फर्स्ट अमेन्डमेन्ट इन्स्टिट्युटका कार्यकारी निर्देशक जमिल जाफरले बताए।
“गएको केहि वर्षयता सरकारको शक्ति नियन्त्र गर्न हामी भरपरेका धेरै संस्थाहरू कमजोर भएजस्तो लाग्छ,” उनले भने,“हामीलेसामान्य मानेको मुल्यमान्यता नाश भएका छन्। विवेकशील, शान्त, दृढ नेतृत्त्व आवश्यक भएको बेला, ठिक उल्टो पाएका छौं।”
 

 Published Date: Wednesday, 3rd June 07:07:24 AM