मंगलबार, जेठ २०, २०७७

कोभिड-१९ : विश्वभर ३ लाख १३ हजार वढीको मृत्यु

काठमाडौं, जेठ ४ : विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १३ हजार २ सय २० पुगेको छ । ४७ लाख २० हजार बढी संक्रमित मध्ये करिब १८ लाख ११ हजार उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ९० हजार १ सय १३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख नाघेको छ । बेलायतमा २ लाख ४० हजार संक्रमित मध्ये ३४ हजार ४ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख २४ हजार ७ सय बढी संक्रमितमध्ये ३१ हजार ७ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ७६ हजार कोरोना संक्रमित मध्ये २७ हजार ५ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख ३३ हजार बढी संक्रमित हुंदा १५ हजार ६ सय बढीको मृत्यु भएको छ । रसियामा २ लाख ७२ हजार बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ । यसैगरी भारतमा ९० हजार ६ सय बढी कोरोना संक्रमितमा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । 

 Published Date: Sunday, 17th May 08:56:54 AM