आईतबार, चैत्र १६, २०७६

कोरोनाबाट १६ हजारको मृत्यु, झन्डै चार लाख बिरामी

काठमाडौं, चैत ११ : कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। नेपाल थप नयाँ संक्रिमत नभेटिएपनि मंगलबारसम्म संसारभर झन्डै चार लाख बिरामी भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण सबैभन्दा खतरनाक इटालीमा देखिएको छ। मंगलबारसम्म इटालीमा ६३ हजार नौ सय २७ जनामा संक्रमण देखिएको छ। भने ६ हजार ७७ जनाको मृत्यु भएको छ।

अहिलेसम्म सात हजार चार सय ३२ जना मात्रै निको भएका छन् ५० हजार चार सय १८ जनाको उपचार भइरहेको छ। त्यसमध्ये तीन हजार दुई सय चार जना गम्भीर रहेको जनाएको छ।

चीनले भने कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको छ। बिरामी भएका ८१ हजार एक सय ७१ जनामध्ये ७३ हजार एक सय ६९ जना निको भएका छन्। तीन हजार दुई सय ७७ जनाको मृत्यु भएको छ भने चार हजार सात सय ३५ जनाको उपचार भइरहेको छ। त्यसमध्ये एक हजार पाँच सय ७३ जना गम्भीर रहेका छन्।

कोरोना भाइरसको संक्रमणबाट पीडित हुने देशमध्ये तेस्रो नम्बरमा अमेरिका रहेको छ। अमेरिकामा ४६ हजार एक सय ६८ जना बिरामी भएका छन भने पाँच सय ८२ जनाको मृत्यु भएको छ। अझै पनि ४५ हजार दुई सय ९१ जनाको उपचार भइरहेको छ भने एक हजार ४० जना गम्भीर रहेका छन्।

स्पेनको अवस्था पनि उस्तै छ। ३५ हजार दुई सय १२ जना बिरामी परेका छन भने दुई हजार तीन सय १६ जनाको मृत्यु भएको छ। जर्मनीले भने कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा राखेको छ। ३० हजार ८१ जना बिरामीमध्ये एक सय ३० जनाको मृत्यु भएको छ। २९ हजार चार सय ९८ जनाको उपचार भइरहेको छ भने २३ जना मात्रै गम्भीर रहेका छन्।

इरानमा पनि गम्भीर संकटन निम्त्याएको छ। २४ हजार आठ सय ११ जना बिरामीमध्ये एक हजार नौ सय ३४ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, फ्रान्समा पनि १९ हजार आठ सय ५६ जनामध्ये आठ सय ६० जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। मंगलबारसम्म पाँच सय ११ जना बिरामी भएका छन भने १० जनाका मृत्यु भएको छ। आज मात्रै नयाँ १२ जनामा संक्रमण भेटिएको छ।

मंगलबार अपराह्नसम्म संसारभर १६ हजार सात सय १३ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। अहिले दुई लाख ६७ हजार ६२ जनाको उपचार भइरहेको छ भने १२ हजार ८६ जना गम्भीर रहेका छन्। निको हुने दर पनि बढ्दै गएको छ। एक लाख दुई हजार पाँच सय ३६ जना निको पनि भएका छन्।

 Published Date: Tuesday, 24th March 16:07:59 PM