मंगलबार, साउन २०, २०७७

२४ घण्टामा अमेरिकामा ३७ हजार ८ सय ९४ जना कोरोना संक्रमित थपिए 

काठमाडौं, असार १२ : अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकाका १ लाख २६ हजार ७ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म २५ लाख २ हजार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १० लाख ४८ हजार ४ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप ५ सय ९५ जनाको ज्यान गएको र संक्रमितमध्ये १५ हजार ७ सय २९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।
 

 Published Date: Friday, 26th June 06:39:41 AM